पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन – Nepal Press

पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन

काठमाडौं । विभागीय महारथी नेपाल पुलिस क्लबलाई ३-२ सेटको नतिजामा पराजित गर्दै न्यु डायमण्ड क्लबले आरबीबी-एनभीए लिग राष्ट्रिय भलिबल च्याम्पियनसिप महिलातर्फको उपाधि जितेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनमलको पहिलो सेटमा २५-२२ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट ११-२५ र तेस्रो सेट १९-२५ ले जितेको थियो ।

चौथो सेट २५-२१ को नतिजामा जित्दै खेलमा पुनरागमनको प्रयास गरेको नेपाल पुलिस क्लब फाइनल सेटमा ११-१५ ले पराजित हुँदा उपाधिबाट वञ्जित हुनुपर्‍यो ।

प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जित हासिल गर्दै च्याम्पियन बनेको न्यु डायमण्डले नगद ३ लाख, दोस्रो हुने नेपाल पुलिस क्लबले १ लाख ७५ हजार, तेस्रो हुने एपीएफले ७५ तथा चौथो हुने त्रिभुवन आर्मी क्लबले ३७ हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १०/१० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *