जन्मकैद ठहर भएका फरार अपराधी १२ वर्षपछि पक्राउ – Nepal Press

जन्मकैद ठहर भएका फरार अपराधी १२ वर्षपछि पक्राउ

रुपन्देही । अदालतबाट सर्वश्वसहित जन्मकैद ठहर भएका फरार अपराधीलाई कपिलवस्तु प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

४० वर्षीय असलम मुसलमानलाई हत्याको १२ वर्ष पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असलमउपर जिल्ला अदालत कपिलवस्तुले २०६९ जेठ २ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले कमाण्डको विशेष प्रहरी टोलीले यशोधरा गाउँपालिका- ७ को मर्यादपुरबाट पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका असलमले साविक शिवपुर बस्ने ४२ वर्षीय विश्वनाथ यादवलाई २०६५ साल साउन १४ गते रातको समयमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुनै पनि अपराधमा संलग्न रही फरार सूचीका अपराधीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

पक्राउ परेका असलमसहित घटनामा संलग्न रहेका ११ जनामध्ये १० जना सबै पक्राउ परेका र एक जना अझै फरार अवस्थामै रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर