एक करोड बराबरको सामान चोरी गर्ने पक्राउ – Nepal Press

एक करोड बराबरको सामान चोरी गर्ने पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका २८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट सुटकेश लगायतका सामान चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका१५ सिचाहिटी बस्ने सिन्धुलकिा ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका ३२ नरेफाट बस्ने रामेछापका २७ वर्षीय प्रदिप गौतम, गौशाला बस्ने सुनसरीका २६ वर्षीय महेश अधिकारी, शान्तीनगर बस्ने धनकुटाका २३ वर्षीय दिपक खड्का र सोही ठाउँ बस्ने २५ वर्षीय नबिन अधिकारी रहेका छन् ।

उक्त ईन्टरप्राईजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार प्रदिपको डेरा कोठाबाट १ सय १२ थान विभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरु फेला पारी प्रदिप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा।२१ च ७३४४ नम्बरको गाडी सहित पक्राउ गरेको थियो ।

साथै महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरु ३६ थान, १ थान सुन जस्तो देखिने पहेंलो धातुले बनेको मंगलसुत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपैयाँ फेला पारी बरामद गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दिपक र नबिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धना भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *