लालबाबु पण्डितको सभामुखलाई प्रश्न– विचाराधीन विधेयक अगाडि बढाउन कसले रोकिरहेको छ ? – Nepal Press

लालबाबु पण्डितको सभामुखलाई प्रश्न– विचाराधीन विधेयक अगाडि बढाउन कसले रोकिरहेको छ ?

काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा अहिले पनि धेरै विधेयक विचाराधीन भए पनि सरकारले काम दिएर भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको दाबी गरे ।

‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन ?,’ उनको प्रश्न छ, ‘सन्धि सम्झौताहरु अनुमोदनका लागि ल्याएको यो काम होइन ?’

यसमा सभामुखको विशेष भूमिका हुने भन्दै उनले भने, ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उनले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्किएर बसेको बताए।

संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने भन्दै कुन पार्टीले त्यो रोकिरहेको छ भनेर जानकारी सांसदले पाउनुपर्ने बताए।

‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने त्यो प्रश्न त्यो सभामुखप्रति पनि उठ्छ,’ उनको भनाइ छ, ‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन रु प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको रु बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा काम सरकारले भन्यो भने त्यो पूर्वाग्रह मात्रै हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर