पत्रकार महासंघ रुपन्देहीमा पोखरेल नेतृत्वको प्यानल विजयी – Nepal Press

पत्रकार महासंघ रुपन्देहीमा पोखरेल नेतृत्वको प्यानल विजयी

रूपन्देही । पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । एक महिला उपाध्यक्ष र एक सदस्य बाहेक सबै जना लोकतान्त्रिक प्यानलबाट विजयी भएका छन् ।

प्रेस युनियनका रामराज पोखरेलको नेतृत्वका अधिकांश पदाधिकारी तथा सदस्यहरु विजयी भएका छन् । साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको छ ।

लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १६३ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले १२० मत प्राप्त गर्दै गरेका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् । उनले १४९ मत प्राप्त गरेकी छन् । उनकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् ।

उनले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका बलिया दाबेदार स्वस्तिक श्रेष्ठलाई पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन् । परियारले १८५ मत प्राप्त गरेका छन् भने साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् ।

सहसचिवमा पनि लोकतान्त्रि प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । कुँवरले १६७ मत प्राप्त गरेका छन् भने केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, महिला सदस्यमा लोकतान्त्रीक प्यानकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकत्रान्त्रीकै राज चौधरी, मधेसी र अपसंख्यक सदस्य तर्फ क्रमशः लोकतान्त्रीकै राधेश्याम विश्वकर्मा र सलमान खान विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

चुुनावमा आगामी नेतृत्वका लागि पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको र पाण्डेको नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक प्यानलको जीतसँगै करिब २० वर्षपछि पत्रकार महासंघको नेतृत्व प्रेस यूनियनले गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर