भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा असर, एकै दिन डलरको मूल्य झण्डै दुई रुपैयाँले बढ्यो – Nepal Press

भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा असर, एकै दिन डलरको मूल्य झण्डै दुई रुपैयाँले बढ्यो

काठमाडौं । अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ । गएको चार महिना यता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर स्थितिमा पुगेको हो ।

विहीबार एकैदिन अमेरिकी डलर १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर नेपाली बजारमा प्रतिडलर ११९ रुपैयाँमा ५९ पैसामा कारोबार भएको छ ।

हिजो अमेरिकी डलर १ रुपैयाँ बराबर नेपालीमा ११७ रुपैया ८० पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर ११९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

नेपाली रुपैयाँ कमजोर हुनुमा भारतीय रुपैयाँ कमजोर भएर हो । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँमा त्यसको असर पर्ने गर्छ ।

नेपाली रुपैयाँ कमजोर हुँदा स्वतः डलरको मूल्य बढ्ने गर्छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर