कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रभु बैंकको म्याग्दी शाखा १० दिनका लागि बन्द  – Nepal Press

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रभु बैंकको म्याग्दी शाखा १० दिनका लागि बन्द 

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित प्रभु बैंक शाखाका कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि सो शाखा र सम्बन्धित बैंकका अन्य कारोबार तथा राजश्व संकलन कार्य १० दिनका लागि बन्द रहने बैंकले जनाएको छ ।

साथै बैंकले म्याग्दीमा कोभिड १९ को संक्रमण फैलिरहेको पाइएकोले अनावश्यक भिडभाड नगर्न, जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न गराउन तथा शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तत्कालै संपर्क गर्नुहुन सम्पूर्ण म्याग्दीबासीमा अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर