भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जात्रा नरोक्न अन्तरिम आदेश भएको र त्यसको लिखित भोलि आउने नेपाल प्रेसलाई जानकारी दिए ।

न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले  जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो । चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।

चैत्र २२ गते भक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

गत वर्ष पनि कोभिडका कारण  जात्रा हुन सकेको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर