पार्टी भित्र कुनै किसिमको विवाद छैन: सभापति देउवा – Nepal Press

पार्टी भित्र कुनै किसिमको विवाद छैन: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् ।

स्वर्गीय नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे पार्टी कहिले पनि संकटमा नरहेको ठोकुवा गरेका हुन् ।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।

उनले भने,‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौ । पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर