पत्रकार महासंघको नेतृत्वका लागि मतदान जारी, १३ हजारभन्दा बढी पत्रकार सहभागी हुँदै – Nepal Press

पत्रकार महासंघको नेतृत्वका लागि मतदान जारी, १३ हजारभन्दा बढी पत्रकार सहभागी हुँदै

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान जारी रहेको छ ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको चुनावमा भाग लिनेछन् ।

पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर