आरबीबी-एनभीए भलिबल लिगमा पुलिस, हेल्प नेपाल र बुल्बुले रारा विजयी – Nepal Press

आरबीबी-एनभीए भलिबल लिगमा पुलिस, हेल्प नेपाल र बुल्बुले रारा विजयी

काठमाडौं । जारी आरबीबी-एनभीए भलिबल लिगमा पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब, हेल्प नेपाल र बुल्बुले रारा बिजयी भएका छन् ।

दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले एपिएफलाई ३-२ को सेटमा पराजित गर्‍यो । पहिलो र दोश्रो सेट २५-२१, २५-२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिसले तेश्रो र चौथो सेट २०-२५, १७- २५ ले एपिएफलाई सुम्पियो । पाँचौ तथा अन्तिम सेटमा १५-१३ अंकले जित हात पार्दै लिग तालिकामा २ अंक जोडयो।

त्यस्तै दोस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-१७, २५- १९, २५-१६ ले पराजित गर्‍यो । आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लिग तालिकामा महत्वपूर्ण ३ अंक जोडेर १५ अंकका साथ शिर्ष स्थानमा यथावत रहेको छ । तेस्रो खेलमा बुल्बुले रारा क्लबले मनिमुकुन्द भलिबल क्लबलाई २५-२१,२५-१८,२५-१६ ले हराएको हो।

जितसंगै पुलिसले ५ खेल बाट ९ अंक जोडेको छ । पराजित एपीएफको समान खेलबाट १० अंक रहेको छ ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *