डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल विजयी – Nepal Press

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल विजयी

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन ।

मंगलबार कसरा रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले कार्य समितिका पदाधिकारीहरु चयन गरेकाे हाे ।

त्यस्तै उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ,सचिवमा महालक्ष्मी बिकास बैंक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् ।

सदस्यहरुमा लुम्विनी विकास बैंक प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंक प्रमुख कार्यकारी अधिकृत,
प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत,सप्तकोशी डेभलपमेण्ट बैंक प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी र ग्रिन डेभलपमेण्ट बैंक प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य नियुत्त भएका छन् ।

पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६ /०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको एशोसियसनले जनाएको छ ।

१५ सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा कार्यक्रममा नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार सम्हाली सकेको एशोसियसनले जनाएको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर