ओलीको साथ नछाड्ने माओवादीका दुई प्रदेश सांसदको पद खारेज – Nepal Press

ओलीको साथ नछाड्ने माओवादीका दुई प्रदेश सांसदको पद खारेज

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभाका दुई सदस्यको पद रिक्त भएको छ । रुपन्देहीबाट निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीको पद रिक्त भएको जानकारी प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले गराएका हुन् ।

दुवै प्रदेशसभा सदस्यले एमालेको सदस्यता लिएको भन्दै माओवादी केन्द्रले कारवाही गरेर पद रिक्त गराउन प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । राजनीतिक दल सम्बन्धी ऐन बमोजिम उनीहरुको पद रिक्त भएको हो ।

लुम्बिनी पदेशको ८७ सदस्यीय प्रदेशसभामा २० सांसद रहेको माओवादी केन्द्रको अब १८ सिट बाँकी रहेको छ । न्यौपाने र पन्थीले आफूहरु पद त्याग्ने तर केपी ओलीको साथ नछाड्ने भन्दै एमालेमा समाहित भएका थिए । उनीहरु दुवै नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर