‘बादल’ किन परेनन् माओवादीको कारबाहीमा? – Nepal Press

‘बादल’ किन परेनन् माओवादीको कारबाहीमा?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ।

प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भइसकेको छ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।

तर, राष्ट्रियसभा सदस्य रहेका रामबहादुर थापा ‘बादल’ भने कारबाहीमा परेनन्। प्रमुख सचेतक देव गुरुङले थापालाई कारबाही गर्ने सम्बन्धमा दलको नेता उपत्यका बाहिर रहेकाले सचिवालयमा जानकारी गराउन बाँकी रहेको जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष एवम संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रशिक्षण कार्यक्रमका लागि रुकुम पुगेका छन्।

‘दलको नेता उपत्यका बाहिर रहेकाले संसद सचिवालयमा जानकारी गराउन बाँकी रहेको मात्रै हो,’ गुरुङले भने, ‘राष्ट्रिय सभातर्फ रहेका सांसदको हकमा अर्को दिन कारबाहीको पत्र पठाइन्छ।’

माओवादी केन्द्रले पार्टी र संसदीय दलबाट गरेको निर्णय तथा संसद सचिवालयलाई पठाएको पत्रमा कारबाही गर्नका कारण उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर