यती एअरलाइन्सको एप्स डाउनलोड गर्नेलाई फुडमाण्डुमा सहुलियत – Nepal Press

यती एअरलाइन्सको एप्स डाउनलोड गर्नेलाई फुडमाण्डुमा सहुलियत

काठमाडौं । यती एअरलाइन्सको मोबाइल एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई ‘फुडमाण्डु’मा सहुलियत दिने भएको छ ।

एअरलाइन्सले आफ्नो एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई फुडमाण्डु मार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा रु. ५०० सम्मको सहुलियत दिने व्यवस्था गरेको हो ।

यती एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि एउटा युनिक कोड प्राप्त गर्न सकिने र फुडमाण्डुमा खानेकुरा अर्डर गर्दा कोड प्रयोग गरी रु.५०० सम्म सहुलियत पाउने एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरिसक्नुपर्नेछ । ‘यति मिठो अफर’ हालको लागि ३ महिनासम्म रहने र यसको फाइदा इच्छुक जोकोहीले लिन सक्ने एअरलाइन्सले जनाएको छ ।

पछिल्लो समय हवाई यात्रुमाझ लोकप्रिय र प्रभावकारी बन्दै गएको यती एअरलाइन्सको एप्स डाउनलोड गरी यात्रुले टिकट खरिद गर्दा हवाई भाडामा आकर्षक छुट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एप्स मार्फत यात्रुहरुले टिकट खरिद गर्न, दैनिक उडान सम्बन्धी जानकारी प्राप्त गर्न, दैनिक अफरहरुको जानकारी लिन, कार्गो ट्रयाक गर्न, उडान तालिका बुझ्न तथा माइलेज चेक गर्न सकिने भएकोले यात्रुले मन पराएको प्रवक्ता बर्तौलाले बताए ।

यो एप्स एण्ड्रोइडको प्ले स्टोर र आइओएस को एप स्टोरमा ‘यती एअरलाइन्स’ सर्च गरी डाउनलोड गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर