कलंकीमा घर भाडामा लिएर नक्कली कस्मेटिक सामान उत्पादन गर्ने नियन्त्रणमा – Nepal Press

कलंकीमा घर भाडामा लिएर नक्कली कस्मेटिक सामान उत्पादन गर्ने नियन्त्रणमा

काठमाडौं । कलंकीको एउटा घर नै भाडामा लिएर विदेशी ब्राण्डको ट्रेडमार्क र लोगो प्रयोग गरी नक्कली वस्तु उत्पादन र बिक्री गर्ने सञ्चालकलाई नियन्त्रणमा लिइएको छ ।

अपराध अनुसन्धान महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको  संयुक्त टोलीले अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको विभागका प्रवक्ता शिवराज सेढाइले बताए । पक्राउ गरिएको सञ्चालकको नाम भने खुलाइएको छैन ।

सेढाइका अनुसार नक्कली उत्पादन गर्ने उत्पादकहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

निसा र कालकोलगायत नक्कली कस्मेटिक उत्पादन गरी बिक्री गर्नमा कार्यमा नेपाली नै सक्रिय रहेको सेढाईले बताए । ‘कुन वस्तु उत्पादन गर्दा कुन कच्चा पदार्थ कति उत्पादन गर्ने हो भन्ने समेत जानकारी नभएका व्यक्तिको समूहले नक्कली वस्तु उत्पादन गरेर बजारमा बिक्री  गरिरहेको पाइयो । उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएका छौैं,’ प्रवक्ता सेढाइले बताए ।

विभाग र अपराध अनुसन्धान महाशाखाबाट ३० जनाको टोली अनुगमनमा सक्रिय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर