कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा – Nepal Press

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।  पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले  आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

अहिले एमाले संसदीय दलको वैठक जारी रहेको छ । तीन मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया

One thought on “कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

  1. पहिले मुख्यमन्त्री राजिनामा आउँछ भनेर लेखेको देखेको थिए त अहिले मन्त्रीले राजीनामा दिएछ्न त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर