निकुञ्जमा जाने पर्यटकलाई बीमाको व्यवस्था गर्दैछौं : वनमन्त्री आले – Nepal Press

निकुञ्जमा जाने पर्यटकलाई बीमाको व्यवस्था गर्दैछौं : वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय निकुञ्जमा जाने पर्यटकहरूको सुरक्षाका लागि बीमाको व्यवस्था गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ जाउलाखेलस्थित चिडियाखाना राख्ने क्रममा बोल्दै मन्त्री आलेले भने, ‘ बाहिरी तथा भित्री पर्यटकहरू राष्ट्रिय निकुन्जमा जाँदा शुल्क तिरेर जानुहुन्छ । तर, उहाँहरूको बीमाको व्यवस्था छैन । हामीले बीमाको व्यवस्थाका लागि छलफल अगाडि बढाएका छौं ।’

कोभिडका कारण धेरै पर्यटक विस्थापित भएका कारण  पर्यटक बढाउन बजेट केन्द्रित हुनुपर्ने उनले बताए । निकुञ्ज  जोखिमपूर्ण क्षेत्र भएको हुँदा हुँदै पनि पछिल्लो समय ९ प्रतिशत बजेट घटेर आएको उनको भनाइ थियो ।

जोखिम व्यवस्थापनका लागि साढे ४ अबर बजेट थप्न लबिङ गरिरहेको मन्त्री आलेले बताए ।

उनले २२ गते बर्दीयामा निकुञ्जमा गैंडा गणना गर्नेक्रममा मृत्यु भएका कर्मचारीलाई श्रद्धाञ्जलिसमेत दिए । ‘विगतमा पनि यस्ता घटना भएका छन् । हाम्रो देशमा पटक पटक घटना नदोहोरिन स्थलगत अवलोकन गरेर कहाँ कहाँ आरसीसी र विद्युतीय तार राख्ने भन्नेबारे नयाँ बजेटका लागि अर्थमन्त्रीसँग छलफल गरिरहेका छौ,’ मन्त्री आलेले भने ।

बर्दीया राष्ट्रिय निकुञ्जमा वस्ती नजिक भएको हुनाले जनावरहरूको आक्रमण हुनसक्ने सम्भावना धेरै भएको औंल्याउँदै भने, ‘बर्दीयामा कम्तिमा १० किलोमिटर पर्खाल र विद्युतीय तारको व्यवस्था गर्न मन्त्रालयसँग लविङ गर्दैछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर