भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, ला लिगाको दोस्रो स्थानमा – Nepal Press

भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, ला लिगाको दोस्रो स्थानमा

एजेन्सी । ओस्मान डेम्बेलेले अन्तिम मिनेटमा गोल गरेपछि रियल भालाडोलिडमाथि जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं लिग हो ।

यो जितले बार्सिलोनालाई शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी १ अंकमा ल्याएको छ । शनिबार एट्लेटिकोले सेभियासँग पराजय ब्यहोरेको थियो ।

एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ भने सामान खेलबाट बार्सिलोनाको ६५ तथा रियल मड्रिडको ६३ अंक छ । लिगमा ९ खेल बाँकी रहँदा उपाधिमा तीनै टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

लगातारको प्रयासमा गोल गर्न नसकेको बार्सिलोनाका लागि यो निराश दिन बन्ने लक्षण देखिएको थियो । तर ७८ औं मिनेटमा डेम्बेलेमाथि नै खतरनाक फल गरेपछि भालाडोलिडका ओस्कार प्लानोलाई रेफ्रीले रातो कार्ड देखाए । यो कार्डको बारेमा विवाद भने बढिरहेको छ ।

त्यसयता खेलमा हावी भएको बार्सिलोनाका लागि अन्तिम मिनेटमा रोनाल्ड आरउजोको फ्लिक पासमा डेम्बेलेले भली गोल गरे । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर खेर फालेका थिए ।

बार्सिलोनाले अर्को शनिबार लालिगा अन्तर्गतको एल क्लासिको खेल्दैछ भने अर्को महिना एट्लेटिकोको सामना गर्दैछ । यी दुई खेलको नतिजाले उसको उपाधिको भविश्य पनि निर्क्यौल गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *