समानान्तर कमिटी गठन गर्ने र त्यसमा बस्नेमाथि पनि कारबाही अगाडि बढ्छ: प्रमुख सचेतक भट्टराई (भिडियो) – Nepal Press

समानान्तर कमिटी गठन गर्ने र त्यसमा बस्नेमाथि पनि कारबाही अगाडि बढ्छ: प्रमुख सचेतक भट्टराई (भिडियो)

काठमाडौं । नेकमा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने  चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए।

‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’  लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने भन्दै उनले समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने बताए।

उनले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर