राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना स्पेन प्रस्थान – Nepal Press

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना स्पेन प्रस्थान

काठमाडौं । स्पेनको काथेरेस सहरमा आयोजना हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा भाग लिन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

एकसाता लामो भ्रमणको क्रममा उनले सम्मेलन उद्घाटन गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । भ्रमण अवधीमा अध्यक्ष तिमल्सिनाले स्पेनी सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसद लगायतसँग भेट गर्नेछन् ।

साथै काथेरेस नगरपालिकाको भ्रमण गर्ने र लुम्बिनी तथा उक्त नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भ्रमणदलमा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा लगायत छन् । अध्यक्ष तिमल्सिना भ्रमण सम्पन्न गरि बैशाख १ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर