साग्रिला डेभलपमेन्ट बैंकको पाँच प्रतिशत बोनस शेयर पारित – Nepal Press

साग्रिला डेभलपमेन्ट बैंकको पाँच प्रतिशत बोनस शेयर पारित

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत बोनस शेयर दिएको छ । जसमा ५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२६ प्रतिशत रकम नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आफ्नो १६ औं साधरण सभा जुम प्रविधिबाट सोमबार सम्पन्न गर्दै सो बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

साथै बैंकले आफ्नो ०७६/७७ र ०७७/७८ सालको लागि वित्तीय विवरण समेत साधरण सभाबाट पारित गरेको छ । बैंकको देशभर ९५ ओटा शाखा तथा ३१ ओटा एटिएममार्फत ग्राहकलाई सेवा दिंदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर