स्वास्थ्यमन्त्रीको आँकलन : जेठ-असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ – Nepal Press

स्वास्थ्यमन्त्रीको आँकलन : जेठ-असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ

लकडाउनमा जानुपूर्व स्वास्थ्य मापदण्ड पालना गरौं

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको बताए ।

लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरे । ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन । सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीले भने ।

मुलुक प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षणको लागि हेल्थ डेस्क अनिवार्य व्यवस्था गरिएको जानकारी उनले दिए । आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिँदै उनले सबैलाई सुरक्षित हुन आग्रह गरे ।

उनले भने,‘कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशःकात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भईसकेकोमा पुन संक्रमण बढ्दै गईरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ ।’

छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले नेपाललाई थप सर्तक र सचेत बनाएको उनले बताए ।

‘कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान,आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ ’ उनले थपे ।

खोप सहयोगका लागि मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारत र चीनलाई धन्यवाद समेत दिए । साथै, खोप आपूर्तिसम्बन्धी अध्यादेशलाई तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने खाँचो पनि उनले औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर