‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै – Nepal Press

‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

काठमाडौं । लोकप्रिय फिल्म ‘कबड्डी ४’को लिड अभिनेत्रीमा मिरुना मगर फाइनल भएकी छिन् । मिरुनासँगै फिल्ममा अर्की अभिनेत्री गौमाया यात्री पनि फाइनल भएकी छिन् ।

स्रोतका अनुसार यी दुबै अभिनेत्री फिल्ममा अनुबन्धित भैसकेका छन् । ती दुबै अभिनेत्री दुईसाता अघि बेलायतबाट काठमाडौं आएर क्वारेन्टिनमा बसेका थिए ।

गौमाया चर्चित नेपाली भ्लगर हुन् । उनी पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रवद्र्धनमा सक्रिय छिन् । यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका थिए ।

बैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । फिल्मको नाम ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ ।

असोज १५ गते रिलिज तयारी गरिएको छ । छायांकनमा जानुअघि सबै कलाकारको पीसीआर परिक्षण गरिने भएको छ । कोरोना नेगेटिभ देखिए मात्र छायांकन सुरु हुने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

  1. Ma miruna magar ko movie hit vayeko dhekna chahanxu.kabadi 4 please support to their actor & actress ♥️.love Nepal & love Nepali film 🎥 industry.special thanks to director 0r producer to choice beautiful actress.big fan of dayayang & miruna magar.🌹🌹🌹🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर