बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु – Nepal Press

बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु

रुपन्देही । बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएको छ । गैँडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको हो ।

ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनलाई आक्रमण गरी २ सय मिटर टाढा लगेको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *