सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बेसडरमा छुट प्राप्त गर्ने  – Nepal Press

सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बेसडरमा छुट प्राप्त गर्ने 

काठमाडौं । काठमाडौं स्थित होटेल एम्बेसडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अब सिटिजन्स बैंकका कार्ड बाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने कम्पनीले जनाएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग, क्यू आर कोड स्क्यानलगायतका आधुनिक प्रविधिमार्फत बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर