तेस्रो मेयर कप ब्याडमिन्टन २७ र २८ गते हुने – Nepal Press

तेस्रो मेयर कप ब्याडमिन्टन २७ र २८ गते हुने

काठमाडौं । झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्ने घोषणा गरेको छ । एक महिनाबीचमा यो प्रदेश १ स्तरीय मेयरकप प्रतियोगिता दोस्रो हो ।

एक महिना अघि मात्र भोजपुरमा प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियाे । रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्स एकल, खुल्ला गल्स एकल, भेट्रान्स ४५ माथी, र आन्तरिक खेलाडीको गरी ५ विधामा करिव २०० सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

करिब १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगलतर्फका शिर्ष तीन विजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु १७ र खुल्ला गल्स एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि बिहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत्र २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *