२ मेगावाट सौर्य उर्जा उत्पादन गर्न गोल्छा ग्रुप र विद्युत प्राधिकरणबिच सम्झौता पत्रमा हस्ताक्षर


काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) मा शुक्रबर हस्ताक्षर गरेको छ ।
यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्।
यो आयोजनालाई २ महिना भित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको गोल्छा ग्रुप तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने गरिएको समेत जानकारी दिएका छन् ।
‘सौर्य उर्जा तथा ग्रीन इर्नजीमा हामीले लगानी गर्न चाहिरहेका छौ, यो हाम्रो लगानी पाइट प्रोजेक्ट हो । यसको आधारमा अन्य ठूला परियोजनाहरुमा लगानी गर्ने हामीले सोच बनाएका छौ,’ गोल्छाले नेपाल प्रेससँग भने ।
उक्त आयोजना सम्पन्न गर्न करिब २१ करोड रुपैयाँ लाग्ने समेत गोल्छाले बताएका छन् ।