बारामा प्रदेशकै पहिलो दलित विद्यालय शिलान्यास – Nepal Press

बारामा प्रदेशकै पहिलो दलित विद्यालय शिलान्यास

जनकपुरधाम । प्रदेश २ को बारामा पहिलो दलित विद्यालय सञ्चालनमा आउने भएको छ । बिश्रामपुर गाउँपालिका–५ इटिहाईमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित विद्यालयको शिलान्यास गरेका हुन् ।

बाराको क्षेत्र नम्वर ४ ‘ख’बाट निर्वाचित मन्त्री सोनलले आफ्नो संसदीय विकास कोषको २५ लाख रुपैयाँ दलित विद्यालय भवन निर्माणका लागि छुट्याएका छन् । सोही रकमबाट विद्यालयको भवन निर्माण सुरु भएको छ । तत्काल शौचालयसहित तीन कोठे भवन निर्माण हुने बताइएको छ ।

विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै मन्त्री सोनलले दलित समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउन विद्यालय निर्माण गर्न लागिएको बताए । उनले दलितलाई शिक्षामा पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । दलितलाई आर्थिक, सामाजिक एवम् शैक्षिक रुपमा उकास्नुपर्ने उनको भनाइ छ ।

शिलान्यास समारोहमा जसपाका केन्द्रीय सदस्य सञ्जय पाण्डे, क्षेत्र नम्बर ४ ‘ख’का अध्यक्ष मदन कुमार, जसपा विश्रामपुर गाउँपालिका संयोजक मो. जुबेर लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *