एमालेको कारबाही अनेरास्ववियुमा सर्यो, ऐन महरले मागे तीन नेतासँग २४ घण्टे स्पष्टीकरण


काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ ।
पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा अखिलले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो ।
अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली,वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेको हो । हालै सम्पन्न माधव नेपाल पक्षीय भेलाले पराजुली अध्यक्ष,आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो ।
अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन्।
महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न उठाएका छन् ।
चैत्र १५ गते नै ती दिनभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको भन्दै यो नै अन्तिम मौका भएको अध्यक्ष महरको चेतावनी छ ।