लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम – Nepal Press

लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम

चितवन । भरतपुर महानगरपालिकामा बसोबास गर्दै आइरहेका लैङ्गिक अल्पसंख्यकलाई एक दिने अग्नि नियन्त्रण तालिम प्रदान गरिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा र युएनडिपीको शहरी विपद् पूर्वतयारी परियोजना अन्तर्गत तालिम म सञ्चालन गरिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरका वारुण यन्त्र इन्चार्ज देवेन्द्रराज रेग्मीले आगलागीको प्रमुख कारण र नियन्त्रण बारे प्रशिक्षण दिए ।

आगलागीबाट घाइते भएकालाई प्राथमिक उपचार र अस्पताल कसरी पुर्याउने भन्नेबारे पनि प्रशिक्षण दिइएको थियो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवश्यकता ध्यानमा राख्दै उनीहरूलाई प्रोत्साहन समेत गरिएको थियो ।
त्यसैगरी महामारीबाट जोगिन र नियन्त्रणका उपायबारे पनि छलफल सत्र सन्चालन गरिएको आयोजक संस्थाले जनायो ।

परिवारबाट अलग भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय उक्त तालिमबाट हर्षित भएको लैङ्गिक अल्पसंख्यक समुदायकी प्रतिनिधि नवीना गुरुङले बताइन् ।

तालिमबाट प्राप्त सीप प्रयोग गरी आफू र समाजलाई पनि आगलागीबाट हुने जोखिमबाट बचाउन सकिने उनको भनाइ थियो ।

‘यसले समाजमा लैङ्गिक अल्पसंख्यक समुदायप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका प्रवाह गर्छ,’ गुरूङले भनिन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *