पेट्रोलियम डिलर्स एशोसियसनको नेतृत्वमा प्रधान निर्वाचित – Nepal Press

पेट्रोलियम डिलर्स एशोसियसनको नेतृत्वमा प्रधान निर्वाचित

काठमाडौं । पेट्रोलियम डिलर्स एशोसियसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न कार्यसमिति निर्वाचनमा प्रधानले नवीन चन्द्र श्रेष्ठलाई भारी मतान्तरले पराजित गरी आगामी कार्यकालको नेतृत्व पाएका हुन् । प्रधानले ३ सय २ मत पाउँदा श्रेष्ठले जम्मा ४३ मत ल्याए ।

त्यस्तै महासचिवमा आत्माराम थापालाई धेरै मतान्तरले हराउँदै विश्व प्रसाद अर्याल विजयी भएका छन् । अर्यालले २ सय ७२ र थापाले ७५ मत पाए । कोषाध्यक्षमा चतुर्भुज सारिया विजयी भए । उनले २ सय ४४ मत ल्याए । उनका प्रतिद्वन्द्वी अच्युतबहादुर खड्काले १ सय ३ मत पाए ।

एशोसियनको अन्य पदमा भने निर्विरोध चयन भएको थियो । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा सुनीलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनीलकुमार विडला निर्विरोध चयन भएका हुन् । सचिवमा हिमाल गैरे र सह–सचिवमा श्यामकुमार बुढाथोकी पनि निर्विरोध चुनिए ।

सदस्यतर्फ भुपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर रामा निर्विरोध चयन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर