रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा डेल रे उपाधि – Nepal Press

रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा डेल रे उपाधि

एजेन्सी । एथ्लेटिक विल्वाओमाथि प्रतिस्पर्धात्मक जित हासिल गरी रियल सोसिडाडले स्पेनिस कोपा डेल रे को उपाधिमा ३४ वर्षको प्रतीक्षा अन्त्य गरेको छ ।

भिडियो असिस्टेन्ट रेफ्रीले ५ मिनेट लगाएर दिएको निर्णयपछि सोसिडाडका मिकेल ओयाजवालले ६३ औं मिनेटमा गरेको पेनाल्टी गोलले सोसिडाडलाई उपाधि दिलाएको हो । यो सन् २०१९÷२० को सिजनको ट्रफी हो ।

पोर्टुलाई बक्सभित्र फल गरेपछि एथ्लेटिक विल्वाओका डिफेण्डर इनिगो मार्टिनेजलाई रेफ्रीले रातो कार्ड देखाउँदै सोसिडाडलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले रातो कार्डको फैसला उल्टाए पनि पेनाल्टीलाई कायम राखेको थियो ।

यो फाइनल अघिल्लो वर्ष अप्रिल ३ मा हुनुपर्ने थियो । तर कोरोनाको विश्वव्यापी महामारीको असरले त्यतिबेला हुन नसकेपछि एक वर्ष सारिएको हो ।

जारी सिजनका लागि कोपा डेल रे को उपाधिमा एथ्लेटिक र बार्सिलोना आमने सामने हुँदैछन् । विल्वाओले पनि कोपा उपाधि जित्न नसकेको ३७ वर्ष भएको छ । उसलाई अब १५ दिनपछि अर्को अवसर रहनेछ । अप्रिल १७ मा सेभियामै फाइनल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर