एपीएफ, हेल्प नेपाल र बुलबुलेको जित – Nepal Press

एपीएफ, हेल्प नेपाल र बुलबुलेको जित

काठमाडौं । जारी आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब र बुलबुले रारा क्लबले जित निकालेका छन।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पहिलो खेलमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

दोस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले मनिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। तेस्रो खेलमा बुलबुले रारा क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा जित्यो ।

एपीएफले नयाँ बजार विरुद्ध २५–१२,२५–१६,१५–१६को नातिजा निकाल्यो। हेल्प नेपालले मनिमुकुन्दलाई २५–१५,२५–१६,२९–२७ ले हरायो । पाकिस्तानी खेलाडीसहित उत्रिएको बुलबुले पुलिसमाथि २५–२२, २५–१९ र २६–२४ ले बिजयी भयो।

हेल्प नेपालले अर्को खेल आइतबार बुलबुलेसँग खेल्नेछ। बुलबुलेले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्ने छ। पुलिसले मनिमुकुन्दको सामना गर्नेछ । एपीएफले सोमबार त्रिभुवन आर्मी क्लबसँग भिडने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर