आहा रारा गोल्ड कप : आशिषको निर्णायक गोलमा एपीएफ विजयी – Nepal Press

आहा रारा गोल्ड कप : आशिषको निर्णायक गोलमा एपीएफ विजयी

काठमाडौं । आशिष लामाको निर्णायक गोलप्रेरित नेपाल एपीएफ क्लब आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै आहा रारा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिन २ मिनेट मात्र बाँकी रहँदा आशिषले गोल गर्दै एपीएफलाई जिताएका थिए ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोलीविरुद्ध निरन्तर गोलका लागि प्रयासरत एपीएफ पहिलो हाफमा गोल गर्न असफल रहेको थियो । दोस्रो हाफको ८८औं मिनेटमा सहाराको रक्षापंक्तिलाई बिट् गर्दै आशिषले १८ बक्स भित्रबाट बललाई जाली चुमाए ।

जितसँगै अन्तिम चारमा पुगेको एपीएफले फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मनाङ-मस्र्याङ्दी क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको भोलि हुने खेलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले अफ्रिकन रूट एसोसिएसनको सामना गर्नेछ ।

प्रतियोगिताको जारी १९औं संस्करणमा कोरोनाभाइरसका कारण ८ टोली मात्रै सहभागी छन् । चैत २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *