प्रचण्डको हिन्दी भाषण : भारतमा मेरो व्यापक चर्चा रहेछ, अब प्रधानमन्त्रीभन्दा माथि हुन्छु (भिडियोसहित) – Nepal Press

प्रचण्डको हिन्दी भाषण : भारतमा मेरो व्यापक चर्चा रहेछ, अब प्रधानमन्त्रीभन्दा माथि हुन्छु (भिडियोसहित)

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले तराईका जिल्लाहरुमा जाँदा मैथिली/भोजपुरी भाषण गर्ने कुरा नौलो होइन । खासगरि निर्वाचनका बेला मधेसी मूलका मतदातालाई आकर्षित गर्न उनीहरु यो तरिका अपनाउँछन् ।

तर, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले भने आज कपिलवस्तुमा पुगेर हिन्दीमा भाषण गरे । जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा भाषण गर्दा उनले सुरुमा नेपाली नै बोलेका थिए ।

तर, पछि दुईवटा कारण देखाएर उनले हिन्दी बोल्न थाले । प्रचण्डले भने, ‘मैले सुनेँ, यो कार्यक्रममा सहभागी करिब सबैले नेपाली÷पहाडीया भाषा बुझ्नु चैं हुन्छ तर उहाँहरुलाई मातृभाषा र हिन्दी सजिलो लाग्छ ।’

प्रचण्डको अर्को तर्क चाहिँ रोचक थियो । ‘यो कार्यक्रममा म आउने कुुरा नेपालमा मात्रै होइन, इन्डियामा पनि काफी प्रचार भएको रहेछ । (प्रचण्ड) तौलिहवा आउँदैछ, उसले के-के भन्ने हो भन्ने चर्चा बढी नै भयो रे पारीतिर पनि भन्ने सुनेँ । त्यसो हुनाले बाँकी कुरा हिन्दीमा भन्छु ।
तपाईंहरुलाई सजिलो होस र, भारतबाट कोही पत्रकार आउनुभएको भए उहाँहरुलाई पनि सजिलो होस ।’

त्यसपछि उनले टुटेफुटेको हिन्दीमा भाषण दिन थाले । भाषणका विषयवस्तु पनि केही नयाँ थिए । उनले आफ्नो नेतृत्वमा १३ मधेसीले कुर्वानी गरेको गौरवका साथ सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसविरोधिको संज्ञा मात्रै दिएनन्, ओलीले मधेसको नामै सुन्न नचाहने आरोप लगाए । उनले अब बन्न लागेको सरकारमा आफू प्रधानमन्त्रीभन्दा माथिको भूमिकामा हुने पनि दावी गरे ।
प्रचण्डको हिन्दी भाषणका केही अंश नेपालीमा :

– मेरो नेतृत्वको विद्रोहमा १३ सय मधेसी जनताका छोराछोरीले कुर्वानी गरे । अरु कुनै मधेसी आन्दोलनमा यति धेरै कुर्वानी भएको छ रु अहँ कहीँ पनि छैन ।

–मधेसी जनताको अधिकारको सबैभन्दा ठूलो विरोधि को हो ? यदि इतिहासलाई इमानदारीताका साथ हेर्ने हो भने त्यो केपी ओली हो । उनी मधेसको नाम पनि सुन्न चाहँदैनन् । मधेसी जनतालाई कुनै पनि अधिकार दिन चाहँदैनन् ।

– मधेसका मसिहा भन्ने नेताहरु मधेसविरोधि ओलीका सरकारमा मन्त्री बन्न खोज्दैछन् । योभन्दा लाजमर्दो के हुन्छ ? मैले महन्थ ठाकुरलाई सोधेको थिएँ– मधेसविरोधि केपी ओलीसँग तपाईंको के ‘फुजुफुजुर’ चलिरहेको छ ?

अब बन्ने सरकारमे मेरो निर्णायक भूमिका हुन्छ । नेतृत्वदायी भूमिका हुन्छ । प्रधानमन्त्री होनु वा नहुनु मात्रै ठूलो कुरा होइन । महात्मा गान्धी कहिल्यै भारतका प्रधानमन्त्री भएनन् । चीनका देङ स्याओ पिङ कहिल्यै प्रधानमन्त्री÷राष्ट्रपति भएनन् । म पनि प्रधानमन्त्रीभन्दा माथि हुन्छ, तल हुन्न ।

– केपी ओली प्रतिक्रियावादी र सामन्तिका एजेन्ट हुन् । रुसमा बोरिस एल्सिन नामको मान्छेको नाम सुन्नुभएको होला । गोर्भाचोभको नाम सुन्नुभएको होला । उनीहरु कम्युनिष्ट नेता थिए, तर पछि साम्राज्यवादीका एजेन्टको रुपमा काम गरे र कम्युनिष्ट पार्टी विघटन गरे । आफूलाई ठूलो राष्ट्रवादी भन्ने हिटलरपछि फासिस्ट बनेका थिए । दुई करोडभन्दा बढी मानिसको संहार गरे । नेपालमा पनि केपी ओली राष्ट्रवादी कलाएका छन् तर फासीबादी भएर राजा महाराजाको पदचिन्हमा हिँडिरहेका छन् ।

– केपी ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि मैले त्यही दिन संकल्प गरेको थिएँ कि म यो प्रतिक्रान्तिकारी षडयन्त्रलाई पराजित गर्न जीवन मरणको लडाईं लड्ने छु । मैले लडिरहेको पनि छु । यो नयाँ प्रकारको जनयुद्ध हो ।

– नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा युगान्तकारी राजनीतिक परिघटना थियो, जसले दुनियाँमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा यति बढ्यो कि दुनियाँका सभी मानिसहरु चकित परे । त्यो पनि एउटा माओवादी पार्टीको नेतृत्वमा भएको थियो । यो पार्टीको प्रमुख लिडरका रुपमा मैले भूमिका निर्वाह गरेकोमा आफूलाई बडो गौरवशाली सम्झिन्छु ।

– म यो मान्छु कि अहिलेको संविधान पनि पूर्ण छैन । यसमा मधेसको अधिकार जसरी उल्लेख गरिनुपथ्र्यो गरिएन । दलित, जनजातिको अधिकार जुन उचाइमा लैजानुपथ्र्यो लगिएन । त्यसैले मैले संविधानमा ‘नोट अफ डिसेन्ट’ राखेर आगामी दिनमा मधेसी, मुस्लिम, दलितको अधिकार सुनिश्चित गर्ने शर्तमा संविधान घोषणा भएको हो ।


प्रतिक्रिया

One thought on “प्रचण्डको हिन्दी भाषण : भारतमा मेरो व्यापक चर्चा रहेछ, अब प्रधानमन्त्रीभन्दा माथि हुन्छु (भिडियोसहित)

  1. यसे भाषण देने वालो को हाम देशके गद्दार केहेते हे थोडि भि सरम नहि हे य जगा हिन्दी नहि भोजपुरी और मैथली चलते हे येसि हर्कतो से आपका पतनके रास्ता निश्चित हे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर