कपिलवस्तुमा प्रचण्डले भने : नयाँ सरकार बन्ने भयो, तपाईंहरु सबैलाई बधाइ छ (भिडियोसहित) – Nepal Press

कपिलवस्तुमा प्रचण्डले भने : नयाँ सरकार बन्ने भयो, तपाईंहरु सबैलाई बधाइ छ (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले हिजो गरेको निर्णयपछि राजनीतिले कोल्टे फेरेको र छिट्टै नयाँ सरकार बन्ने निश्चित भएको दावी गरेका छन् ।

कपिलवस्तुमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले आजैबाट सरकार गठनबारे घनिभूत छलफल गर्ने बताए ।

प्रचण्डण्ले भने, ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस भन्नुभएको थियो ।

तर पूर्वनिर्धारित कार्यक्रम भएकाले आएँ । अब म आजै सकेसम्म तीन बजेको फ्लाइटबाट काठमाडौं फर्केर नयाँ सरकार गठनबाट घनिभूत वैठकहरु अगाडि बढाउँछु ।’

हिजो र आजसम्मको घटनाक्रमबाट राजनीतिले कोल्टे फेरेको उनले बताए । नेपाली कांग्रेसले ओलीको तत्काल राजीनामा मागेपछि नयाँ सरकार बन्ने निश्चित भएको प्रचण्डको भनाइ थियो ।

‘तपाईंहरु सबैलाई बधाई छ । अब छिट्टै नयाँ सकार बन्ने छ । नयाँ परिस्थिति बन्ने छ । त्यही कामका लागि म छिट्टै काठमाडौं जानुपरेको हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर