विष्णु रिजालको प्रश्न– माओवादीले समर्थन फिर्ता नलिने, कांग्रेसले अविश्वास प्रस्ताव नल्याउने, अनि कसरी ढल्छ सरकार ? – Nepal Press

विष्णु रिजालको प्रश्न– माओवादीले समर्थन फिर्ता नलिने, कांग्रेसले अविश्वास प्रस्ताव नल्याउने, अनि कसरी ढल्छ सरकार ?

काठमाडौं । माधव नेपाल पक्षका नेता विष्णु रिजालले अहिलेको स्थितिमा केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कुरा सजिलो नभएको तर्क गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता पनि नलिने, अनि कांग्रेसले अविश्वास प्रस्ताव ल्याउन पनि नसक्ने स्थितिमा सरकार परिवर्तनको कुरा सजिलो नभएको तर्क गरेका हुन् ।

कांग्रेसले पार्टीभित्र बढ्दो दवाव मत्थर पार्न मात्रै सरकारको विकल्प खोज्ने निर्णय गरेको भन्दै नेता रिजालले उक्त निर्णय सार्वजनिक खपतका लागि मात्रै भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन ।

सरकार परिवर्तनका लागि जनता समाजवादी पार्टी नै मुख्य भूमिकामा भएको र जसपा नै सरकारसँग सघन छलफलमा भएको भन्दै उनले लेखेका छन्– अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन । बल जनता समाजवादी पार्टीसँग छ र जसपा चाहिं प्रधानमन्त्रीसँग सघन सम्वादमा छ । त्यसैले जसपासँग बलमा भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने वेलासम्म सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर