प्रधानमन्त्रीले भनेः समर्थन फिर्ता लेऊ, राजीनामा आउँछ – Nepal Press

प्रधानमन्त्रीले भनेः समर्थन फिर्ता लेऊ, राजीनामा आउँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौति दिएका हुन् ।

ओलीले भने- काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर