निर्णायक मानिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्ने – Nepal Press

निर्णायक मानिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

एक स्थायी कमिटी सदस्यले बैठक आइतबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आह्वान गरिएको जानकारी दिए ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एक/ दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

लगत्तै स्थगित केन्द्रीय कमिटी बैठक पनि बस्ने भएकोले उक्त बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने ती स्थायी कमिटी सदस्यले जानकारी दिए । २३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

पुनर्स्थापित माओवादी केन्द्रले पार्टीको नयाँ संगठनका संरचना समेत बनाइ नसकेकोले यसपटकको केन्द्रीय कमिटी बैठकले ती विषयमा निर्णय लिनेछ। संगठन पुनः संरचनाबारे माओवादी केन्द्रले कार्यदल समेत बनाएको थियो ।

पार्टीको नाम फेर्ने एजेन्डा पनि माओवादी केन्द्रको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर