प्रधानमन्त्रीले भने : खानेपानी नपाएका उपभोक्ताबाट अब शुल्क लिइँदैन – Nepal Press

प्रधानमन्त्रीले भने : खानेपानी नपाएका उपभोक्ताबाट अब शुल्क लिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट खानेपानी सेवा नपाएका उपभोक्ताले पनि शुल्क र जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।

कार्यक्रममा उपस्थित भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौंका घरधनीले पनि शुल्क तिर्नुपरेको बताएका थिए । यस्ता घरधनीबाट शुल्क नलिने व्यवस्था मिलाउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफ दिँदै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेको अवस्थामा शुल्क वा जरिवाना तिराइनु गलत अभ्यास भएको बताए ।

उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर