प्रधानमन्त्रीलाई विद्यासुन्दरको आग्रह- पानी प्रयोग नगरेका घरधनीको शुल्क नलिने व्यवस्था मिलाऊँ – Nepal Press

प्रधानमन्त्रीलाई विद्यासुन्दरको आग्रह- पानी प्रयोग नगरेका घरधनीको शुल्क नलिने व्यवस्था मिलाऊँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नगरेका घरधनीहरूलाई शुल्क नलिने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

भृकुटीमण्डपस्थि मेलम्चीको पानी उद्घाटनको क्रममा बोल्दै मेयर शाक्यले पानी प्रयोग नगरेका काठमाडौं घरधनीले पानीको शुल्क तिर्न परेको बताउँदै उनीहरूको शुल्क नलिने व्यवस्था बनाउन आग्रह गरेका हुन् ।

मेयर शाक्यले आफ्नै पालमा मेलम्चीको पानी पाउँदा काठमाडौंबासीहरू पनि हर्षित भएको बताए । ‘मैले हाम्रो पालमा नै मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेको थिएँ । आज काठमाडौंमा पानी आएको अनुभूति गर्न पाएका छौं,’ शाक्यले भने ।

उनले अब याङरी लगायतका ठाउँको पानी  पनि आफ्नै पालामा काठमाडौंमा ल्याउने योजनाको साथ काम भहिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर