काठमाडौं महानगरले एक हप्तादेखिको फोहोर आजबाट उठाउँदै – Nepal Press

काठमाडौं महानगरले एक हप्तादेखिको फोहोर आजबाट उठाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताअघिदेखि नउठाइएको फोहोर आजबाट उठाउने भएको छ । फोहोर प्रभावित क्षेत्रका स्थानीयले विभिन्न मागसहित फोहर फाल्न नदिएपछि शुक्रबारदेखि उठाउन बन्द गरिएको थियो ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि महागनगरले फोहोर उठाउने भएको हो ।

चैत्र १३ गतेदेखि फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संर्घर्ष समिति सिसाडोलका स्थानीयबासीहरूले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरू तत्काल कार्यान्वयनको माग राखेका थिए ।

सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने लगायषतका माग उनीहरूले राख्दै आएका थिए ।

‘महानगरले उहाँहरूको सबै माग पू्रा गर्ने भएको छ । ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आवमा ३/३ करोडसमेत पाउने भएका छन्,’ श्रेष्ठले भने, ‘फोहोर बोकेको गाडीलाई सिसडोल जान दिने सहमति भएको छ ।’

यसअघिका स्थानीयसँका छलफल तथा वार्ताहरू असफल बन्दै आएको थियो ।

यस्तो छ सहमति पत्र:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर