कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । समसामयिक राजनीति र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।

चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस कार्यालयमा आइपुग्नुपर्ने भएपनि हालसम्म अधिकांश जिल्लाले विवरण बुझाएका छैनन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरण र माओवादी, जसपा लगायतका दलसंग भएको वार्ताबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर