रुरु जलविद्युतको आईपीओ खुल्यो, ३ लाख ६९ हजार कित्ता सर्वासाधारले पाउने – Nepal Press

रुरु जलविद्युतको आईपीओ खुल्यो, ३ लाख ६९ हजार कित्ता सर्वासाधारले पाउने

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । रुरु ले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता शेयर निष्कासन गरेको हो ।

जस मध्ये ३ लाख ६९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लगानी कर्ताको लागि, ८ हजार १५४ कित्ता कर्मचारीका लागि, २० हजार ३५८ कित्ता सामूहिक लगानीकोषका लागि रहेको छ ।

रुरुको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ । रुरुको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिछेड रहेको छ ।

सो कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रि प्रदान गरेको छ ।

आईपीओको विक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओ जारी गरे पछि कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर