चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण – Nepal Press

चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण

काठमाडाैं । नेपालबाट धेरै पहिले हराएका र अमेरिकामा भेटिएका प्राचीन मूर्ति अमेरिकी सरकारले चार वर्ष लामो अनुसन्धानपछि नेपाललाई हस्तान्तरण गरेको छ ।

न्यूयोर्कस्थित अमेरिकी न्यायाधिवक्ताको कार्यालयले नेपाली महा वाणिज्य दूतावासका कार्यवाहक राजदूत विष्णुप्रसाद गौतमलाई तीनवटा मूर्ति हस्तान्तरण गरेको हो ।

गणेश र बुद्धको मूर्ति तथा काठमा कुँदिएको अप्सराको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता दिएको हो ।

प्राचीन सामाग्री ओसारपसारमा संलग्न गिरोहबाट ती मूर्ति गैरकानूनी रुपमा अमेरिका पुर्‍याइएको थियो । वास्तविक हकदारलाई नै फिर्ता दिने अमेरिकी सरकारको नीति अनुसार नेपालबाट हराएका मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *