पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै – Nepal Press

पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । आगामी शनिबार ललितपुरमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपाल आयोजना हुन लागेको हो ।

ग्रीन आर्ट्स मिडियाको आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिँदैछन् । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिन लागेका हुन् ।

‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गर्न लागेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् ।

सुरुमा ह्विल चेयरमा बस्नेको लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अन्य अपांगलाई पनि समेटेर प्रतिस्पर्धा गर्न लागिएको हो । ‘मुलुकमै पहिलोपटक यस्तो अवधारणामा गर्न लागेका हौं र उत्साहित पनि छौं’ तुलाधरले भनिन्, ‘अहिले दुईवटा विधामा मात्र पेजेन्ट गर्नेछौं ।’


प्रतिक्रिया

2 thoughts on “पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर