नेता नेपाललाई बास्कोटाको प्रश्न- ओलीको एमालेमा बस्ने कि प्रचण्डको महान पार्टीमा छलाङ हान्ने ? – Nepal Press

नेता नेपाललाई बास्कोटाको प्रश्न- ओलीको एमालेमा बस्ने कि प्रचण्डको महान पार्टीमा छलाङ हान्ने ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले निलम्बित नेता माधवकुमार नेपालसँग एमालेमा बस्ने, माओवादीमा जाने वा फेरि मुद्दा हाल्न जाने तीन विकल्पमात्र रहेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रचण्ड-माधवको सल्लाह अनुसार गरिएको पुनरावलोकनको निवेदन अश्वीकार गरेपछि प्रतिक्रिया दिँदै बास्कोटाले नेपाल समूहलाई व्यंग्य गर्दै ‘आफ्नै विधिवाला गुट बनाउन पाउँ भन्दै मुद्दा हाल्न जाने कि ? लौन न निर्णय पाउँ’ भनेका छन् ।

बास्कोटा भन्छन्, ‘भैगो ल, एकछिन कमरेड माधवकै कुरा मानिदिऊँ, केपी ओलीले गुट चलाएकै हुन् रे । अनि प्रचण्डको छुट्टै गुट छँदै थियो । आज प्रश्न यो खडा भयो कि,कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाउँन पाऊँ भन्दै मुद्दा हाल्न जाने ?’

पार्टीमा विधिपद्धतिको माग गर्दै नेपाल पक्षले ओलीका निर्णय अश्वीकार गरेको सन्दर्भमा बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर