बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका – Nepal Press

बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाले सबै विद्यालयलाई पूर्ण बालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा र सूचकमा भएका सबै काम पूरा गरेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

बालमैत्री स्थानीय शासन घोषणापछि पञ्चवर्षीय रणनीतिक योजना पुस्तिकासमेत सार्वजनिक गरिएको थियो ।

गाउँपालिका स्तरीय बालसञ्जालकी अध्यक्ष इन्दू गाहाले बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बालसहभागिता महत्वपूर्ण यसको दीगोपन । रणनैतिक कार्ययोजना कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर