कारबाहीप्रति योगेश भट्टराईको टिप्पणी- कमरेड घनश्याम र सुरेन्द्रमाथि भद्दा मजाक – Nepal Press

कारबाहीप्रति योगेश भट्टराईको टिप्पणी- कमरेड घनश्याम र सुरेन्द्रमाथि भद्दा मजाक

काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमथि गरिएको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् ।

नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुने भ्रष्ट र अनैतिकहरू पुरष्कृत हुने गरेको उनको भनाइ छ ।

‘ॠषिमुनी र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरष्कृत हुन्छन्,’ ट्वीटरमा उनले लेखेका छन्, ‘ कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।’

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै पछिल्लो पटक स्पष्टीकरण दिएका भुसाल र पाण्डेलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ।


प्रतिक्रिया

One thought on “कारबाहीप्रति योगेश भट्टराईको टिप्पणी- कमरेड घनश्याम र सुरेन्द्रमाथि भद्दा मजाक

  1. तपाई पनि त्यहीं ड्याङ्गको . . . हो। यस्तै गैर जिम्मेवार र भङ्‌कावयुक्त टिपणिले त हो दलाको एकता विखण्डित हुने। फेरि कुर विधि को गर्ने ! यो भन्दा भद्दा मजाक अरु हुन सक्ला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर